सोमबार, जेठ ७, २०८१

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको संभावना

नेपालखोज २०७८ पुष २ गते ६:१४

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।


आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी,वाग्मती  तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ ।  

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा माैसम पूर्मानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया