ब्रिटेनको वायु सेनाद्वारा सिरियामा शत्रुपक्षको ड्रोन खसालियो
नेपालखोज
२०७८ पुष २ गते १०:०७

काठमाडाैं । ब्रिटेनको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालिदिएको छ । झन्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो ।
ब्रिटेनको रक्षा मन्त्रालयले भनेको छ ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो । उसले कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्ने खुलाएको छैन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया