राष्ट्रियसभा चुनावमा हाम्रा उम्मेद्वार कोही हार्दैन्
नेपालखोज
२०७८ पुष २ गते १३:२५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा चुनावमा आफूहरुले सबै उम्मेद्वारलाई जिताउने दाबी गरेका छन् ।
आज उद्धार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम’ मा नेता नेपालले गठबन्धनले सबै राष्ट्रियसभाको सिट जित्ने बताएका हुन् । उनले गठबन्धन एकीकृत भएर अघि बढे आफूहरुको कोटाबाट उठ्ने कुनै पनि उम्मेद्वार पराजित नहुने दाबी गरे ।
उनले स्थानीय निकायको चुनावको पनि तयारी गर्न आफ्ना पक्षका कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले किसानहरुलाई महानको प्रतीक भन्दै आजका किसान भोलिको गाउँ नगर कमिटीका नेता भएको बताए ।
सम्बन्धित

प्रतिक्रिया