गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गैर सरकारी संस्था महासंघ नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पाररे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो ।
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढि, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे । उनले गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।
गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।

प्रतिक्रिया