मुस्लिमतर्फको सह-महामन्त्रीमा देउवा समूहका मन्सुर विजयी
नेपालखोज
२०७८ पुष २ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसको मुस्लिमतर्फको सह-महामन्त्रीमा देउवा समूहका फरमुल्लाह मन्सुर विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा डा. शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।
फर्मुल्लाह मन्सुरले २७७६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शेख वकिलले १८७१ मत पाएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया