शनिबार, जेठ ५, २०८१

क्यानको निर्णयबारे पुनर्विचार गर्न खेलाडीको आग्रह (भिडियोसहित)

नेपालखोज २०७८ पुष २ गते १९:२०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबारहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण आउन सक्ने बताएका छन् । पूर्व कप्तान मल्लले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन् ।

त्यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताउँदै वर्गिकरणको विषयलाई उठाउँदै यति कारबाही नहुनु पर्ने बताए । आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नु पर्ने दुर्भायग्यपूर्ण अवस्था नआओस भन्दै क्यानसँग अपिल गरेका हुन । आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।

क्यानको कारबाहीमा परेका खेलाडीले पछिल्लो समय खेलाडीको बर्गिकरणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अभिव्यत्ति दिएका थिए । सोही विषयलाई लिएर क्यानले स्पष्टि करण पनि मागेको थियो । तर स्पष्टिकरण चिक्त बुझ्दो नभएको र खेलाडी अनुशासन भन्दा बाहिर गएको भन्दै कप्तान, उपकप्तान सहितका चार खेलाडीलाई कारबारी गरेको थियो । कप्तान र उपकप्तानको जिम्मेवारी खोस्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवार दिइएको थियो ।

प्रतिक्रिया