बिहीबार, जेठ ३, २०८१

‘तीव्रता सहजतामा आउनुपर्छ, तनावमा होइन’

नेपालखोज २०७८ पुष ३ गते ८:२१

-अरूले तपाईंलाई कस्तो छाप लगाउँछन् भन्ने कुराले फरक पार्दैन । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं आफ्नो मनको संरचना बदल्न सक्नुहुन्छ ।
-पूर्वाग्रह वा पूर्वधारणा विष हो, जुन हामीलाई सानै उमेरदेखि हाम्रा परिवार, धर्म र समाजद्वारा पिलाइन्छ ।
-तपाईंको तुलनामा कसले राम्रो वा खराब गरिरहेको छ भनेर कहिल्यै नसोच्नुहोस् । प्रश्न केवल यत्ति हो कि के तपाईं आफ्नो तर्फबाट सबैभन्दा उत्तम गरिरहनु भएको छ ?
-सुख, आनन्दको झुटो रूप हो । यो सुन्दर त छ, तर यो प्रतिबिम्ब मात्र हो ।
-प्रकृति संरक्षण गर्ने एकमात्र वास्तविक समाधान यो हो : सचेतन विश्व निर्माण गर्नु, अर्थात् हामीमध्ये हरेक कोही पूरै सचेतन भएर बाँच्ने ।
-यदि तपाईं आफ्नो आकांक्षालाई महत्त्व दिनुहुन्न भने, तपाईं आफ्नो भविष्यलाई महत्त्व दिनुहुन्न ।
-कुनै पनि कुरा पहिल्यै निर्धारित हुँदैन- यहाँसम्म कि मृत्यु पनि । हरेक चिज तपाईंबाटै रचिएको हो, यद्यपि यो अधिकांश रूपमा अचेतनपूर्वक र बेहोसीमा भएको हो ।
-यदि तपाईं साँच्चिकै आफ्नो बच्चाको विकास चाहनुहुन्छ भने, सबैभन्दा पहिला तपाईंले आफूलाई प्रेमपूर्ण, आनन्दित अनि शान्त मानिसमा रूपान्तरण गर्नुपर्ने हुन्छ ।
-तीव्रता सहजतामा आउनुपर्छ, तनावमा होइन ।
-यदि तपाईंको खोज मुक्ति हो भने मात्र, तपाईंले गुरुको खोज गर्नुपर्छ । सान्त्वना वा सन्तोष पाउन तपाईं गुरुको खोज नगर्नुहोस् ! तपाईं आफ्नो गुरुसँग निरन्तर असहज हुनुपर्छ, साथै तपाईंमा उनीसँग रहने तीव्र चाहना हुनुपर्छ ।
-जब तपाईं अन्जान मार्गमा जानुहुन्छ, तब यस्तो व्यक्तिको निर्देशन लिनु सहायक हुनेछ, जसले पहिल्यै त्यस मार्गको यात्रा गरिसकेका छन् । किनकि, जुन काम तपाईंले एक पलमै गर्न सक्नुहुने थियो, त्यसका लागि तपाईंलाई लाखौं वर्षसमेत लाग्न सक्छ ।
-प्रेम सदैव मुक्त गर्ने प्रक्रिया बन्नुपर्छ, न कि तपाईंलाई उल्झनमा पार्ने ।

प्रतिक्रिया