बुधबार, वैशाख १७, २०८२

विदेशबाट आउँदा होटेल क्वरेन्टिन बस्नैपर्ने, खर्च आफ्नै !

नेपालखोज २०७८ पुष ३ गते ११:५६

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिनसम्म होटल क्वरेन्टीनमा बस्नु पर्ने भएको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वरेन्टीन अनिवार्य गरेको हो ।

होटल क्वरेन्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ । क्वरेन्टीन बस्दा रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन पनि घरमै क्वरेन्टीन बस्नुपर्ने जनाइएको छ ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइने भएको छ ।

प्रतिक्रिया