कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

नेपालखोज २०७८ पुष ३ गते १२:०३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा भईरहेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वार आफू वा आफ्नो एकजना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेद्वारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेद्वारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सकिएको छ ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह–महामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेद्वारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लस्टरअन्तर्गत आठ सह(महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया