सोमबार, फागुन १४, २०८०

विद्युत्‌को खपत बढाउनुस् : मन्त्री भुसाल

नेपालखोज २०७८ पुष ३ गते १२:३२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई आग्रह गरेकी हुन् ।

आज (शनिबार) काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गरिन् । यस्तै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गरेकी छन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको प्रष्ट पारिन् ।

मन्त्री भुसालले सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराएकी छन् । सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै मन्त्री भुसालले अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको जनाइन् ।

मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भईरहेको जनाएकी छन् ।

प्रतिक्रिया