बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा गिरावट कायमै, कारोबार १ अर्ब ९३ करोडमा खुम्चियो

नेपालखोज २०७९ साउन २५ गते १५:४४

काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पाँच दशमलव ९१ अंकले घटेर दुई हजार ५६ दशमलव ८८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले घटेर तीन सय ९५ दशमलव ७५ अंकमा झरेको छ ।

आज दुई सय १८ वटा कम्पनीको ३६ हजार एक सय ३४ पटकको कारोबारमा ४६ लाख ४० हजार आठ सय ४४ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैयाँमा खुम्चिन पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा उत्पादनमूलक र लगानी समूहहरुको सूचक बढ्यो भने बाँकी समूहको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५१ दशमलव २६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक सात दशमलव ९२ अंकले घटेर तीन हजार ६ सय ८२ दशमलव ४५ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक १२ दशमलव ३५ अंकले घटेर २४ सय ६१ दशमलव ७८ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक १५ दशमलव ९६ अंकले घटेर आठ हजार दुई सय ३२ दशमलव ५८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक नौ दशमलव ७३ अंकले घटेर नौ हजार ६ सय ७० दशमलव ७४ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमालयन हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय तीन रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर चार सय ५९ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नागरिक लगानी कोषको प्रतिकित्ता २२ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ६८ लाख ७९ हजार चार सय ६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया