मंगलबार, वैशाख १६, २०८२

नेपाल बैंकमा १ अर्ब ७६ करोड ९१ लाख बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

नेपालखोज २०७८ पुष ३ गते १४:०४

काठमाडौ । नेपाल बैंक लिमिटेडको ६२ औं बार्षिक साधारणसभा १ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भर्चुअलमार्फत आयोजना गरिएको बैंकको वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७७\७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात पारिएको भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७\७८ को नाफा\नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको बैंकले जानकारी दिएको छ । सभाले हालको चुक्ता १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँको तीन प्रतिसतका दरले हुन आउने ३७ करोड ९१ लाख दुई हजार सात सय ५८ रुपैंया नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैंया रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४्र अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ रुपैंया कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नेप्रस्ताव पारित गरेको छ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रतिक्रिया