टीके प्रणाली जबज मान्यताको विपरीत : उपाध्यक्ष रावल

काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका हुन् ।
एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्था नै अनैतिक भएको रावलले बताउँदै आएका छन् ।
साथै उनले नेकपा एमालेको सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

प्रतिक्रिया