मंगलबार, वैशाख १६, २०८२

सेञ्चुरी बैंकले मुनाफाबाट ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखोज २०७८ पुष ३ गते १५:०५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको तीन सय ५२औं बैठकले चुक्ता पूँजीको ६ दसमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५ सय २ रुपैयाँ ५० पैसा मध्येबाट ५ दसमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने भएको छ ।

यस्तै कर प्रयोजनका लागि चुक्ता पुँजीको शुन्य दशमलव ३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया