‘सरकार लोक-कल्याणकारी अवधारणाबाट अघि बढ्यो’ (फोटो फिचर)

नेपालखोज २०७८ पुष ३ गते १५:४१

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सरकार लोक कल्याणकारी अवधारणाबाट अघि बढेको बताएकी छन् । आज बिहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

प्रतिक्रिया