बुधबार, वैशाख १७, २०८२

सभापति हारेका कोइरालालाई केन्द्रीय सदस्यको मान्यता !

नेपालखोज २०७८ पुष ३ गते १५:३७


काठमाडौं । पार्टीको चुनावमा हारेपनि कांग्रेस नेता शेखर कोइराला वैधानिक केन्द्रीय सदस्य भएका छन् । कांग्रेसको विधान अनुसार सभापति पदमा दोस्रो बढी भोट ल्याएर पराजय भएका उम्मेदवार केन्द्रीय सदस्य हुने व्यवस्था छ ।

कांग्रेसको विधानमा लेखिएको छ, ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’

कोइराला शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका थिए । दोस्रो चरणको हार–जीतको निर्वाचनमा देउवाले २७ सय ३३ मत प्राप्त गरेका थिए भने कोइरालाले दोस्रो बढी १८ सय ५५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया