बुधबार, वैशाख १७, २०८२

‘ अव राप्रपा पहिलो पार्टी हुनेछ’

नेपालखोज २०७८ पुष ३ गते १६:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई पहिलो बनाउने दाबी गरेका छन् । शनिबार झापामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा लिङ्देनले देशको अग्रणी शक्तिको रुपमा राप्रपालाई विजयी गराउने बताए ।

अध्यक्षमा उम्मेद्वार हुँदा आफ्नै साथीभाइले जित्नेमा विश्वास नगरेको बताउँदै अरुलाई असम्भव जस्तो लाग्ने काम गरेर् देखाउने बताए । उनले भने,– ‘देशलाई यथास्थितिमा राख्न दिनुहुन्न भनेर म नेतृत्वमा आएको हो । मलाई अब ४ वर्ष पर्खिने छुट छैन् । देश विकास गर्न कसै न कसैले गरेको आँट हो यो । राप्रपाका साथीले चिन्ता लिनु पर्दैन, म कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्ने मान्छे । विपक्षी पार्टीका मान्छेलाई पनि आफ्नो पक्षमा भोट हाल्न बाध्य पार्ने मान्छे । पार्टीको आन्तरिक चुनावमा कसले भोट दियो दिएन कहाँ हेरेर बस्छु म ।’

फिस्टे छाती लिएर राजनीतिमा नआएको बताउँदै उनले राप्रपामा आमूल परिवर्त गर्ने बताए । उनले काम नगरि कसैलाई पनि नेता हुने छुट नभएको बताए । उनले पार्टीमा योग्यता क्षमताको मूल्यांकन हुने बताए । उनले राप्रपा राष्ट्रिय पार्टी बन्न नसकेकोमा समेत दुख व्यक्त गरे । पार्टी अब कसैले नफुटाउने लिङ्देनले दाबी गरे । निवर्तमान अध्यक्ष र संस्थापक अध्यक्षलाई मिलाएर पार्टी संचालन गर्ने लिङ्देनको भनाई छ ।

प्रतिक्रिया