चौबीस घण्टामा थपिए १८९ जना संक्रमित, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २५० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ । हाल नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५७२ पुगेको छ ।

प्रतिक्रिया