प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, के-के हुँदैछ छलफल ?
नेपालखोज
२०७८ पुष ३ गते १७:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । हाल एमसीसी सम्झौताका बारेमा विवाद छ । भने एमालेको अवरोधका कारण संसदको काम पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन् ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया