देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
नेपालखोज
२०७८ पुष ३ गते २०:३२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री देउवाले भोलिका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
देउवाले एमाले औपचारिकताको लागि मात्रै बैठक बोलाएको र नेकपा एकीकृत समाजवादी पार्टी पनि बैठकमा सहभागी हुने भएकाले आफूहरु सहभागी नहुने एमालेले बताएको छ ।
एमालेसँग प्रमुख प्रतिपक्षीको रुपमा गम्भीर ढङ्गले छलफल गर्नुपर्नेमा सर्वदलीय बैठकका नाममा औपचारिकता पूरा गरेर मात्रै नहुने भन्दै बैठकमा नजाने निर्णय भएको हाे ।
सम्बन्धित

प्रतिक्रिया