शनिबार, जेठ ५, २०८१

२०२१ का उत्कृष्ट दश वेब सिरिज !

नेपालखोज २०७८ पुष ४ गते १२:४६

आईएमडीबीले २०२१ का उत्कृष्ट १० वटा हिन्दी वेब सिरिजको सूची जारी गरेको छ । हेरौं यो सूचीमा परेका वेब सिरिजहरु :

एस्पिरेन्टस
वेब सिरिज एस्पिरेन्टस युट्युब र टीबीएफको एपमा समेत उपलब्ध छ । यो सिरिज सिभिल सर्भिस परिक्षाको (लोक सेवा आयोग) तयारी गरिरहेका युवाहरुको कथामा आधारित छ ।

ढिंढोरा
ढिंढोरामा कमेडियन भुवन बामले मुख्य भुमिका निर्वाह गरेका छन् । युट्युब च्यानल बीबीकी भाइन्समा यो सिरिज हेर्न सकिन्छ ।

फेमेली म्यान – २
फेमेली म्यान – २ ले दर्शकहरूमा आफ्नो विशेष छाप छोडेकको छ । फेमेली म्यान-२ २०२१ को एउटा हेर्नै पर्ने वेब सिरिज हो । यसमा मनोज वाजपेई तथा सामन्थाको अभिनयले जो कसैको मन जित्न सक्छ ।

द लास्ट आवर
द लास्ट आवर एक यस्तो वेब सिरिज हो जसले दर्शकहरुलाई बाँधेर राख्न सक्छ । यो सिरिज अमेजन प्राइममा उपलब्ध छ ।

सनफ्लावर
सनफ्लावरको रोचक-रमाईलो कथा अनि सुनील ग्रोवर ( गुथ्थी ) को अभनय यो वर्ष खुब मन पराईयो ।

क्यान्डी
क्यान्डी क्राइम थ्रिलर वेब सिरिज हो । यो सिरिजमा रोनित राय तथा रिचा चड्डाले प्रशंसनिय अभिनय गरेका छन् ।

रोय
रोय नेटफ्लिक्समा उपलब्ध सिरिज हो । यो वेब सिरिजमा सत्यजीत रेका चार रोचक कथा प्रस्तुत गरिएको छ ।

ग्रहण
वेब सिरिज ग्रहण हट स्टारमा उपलब्ध छ । ग्रहणमा १९८४ मा दिल्लीमा भएक‍ो सिख दङ्गालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

नोमेम्बर स्टोरी
हटस्टारको स्पेसल नोमेम्बर स्टोरी पनि दर्शकहरुले निकै मन पराए । यो वेब सिरिज पनि वर्ष २०२१ को छोडन नहुने वेब सिरिज मानिएको छ ।

प्रतिक्रिया