सुनकाे भाउ ४ सयले घट्याे, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ पुष ४ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै मूल्य घटेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रूपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९३ हजार ५ रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया