साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
आज अपरान्ह ४ बजे बोलाइएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नकपा एमालेले सहभागि नहुने जनाएको छ । सर्वदलीय बैठकमा साझा धारणा बनाउन २ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको हो । शीर्ष नेताहरुबीच छलफल गर्ने र सर्वदलीय बैठकमा प्रस्तुत हुने सत्ता पक्षको योजना छ ।
सर्वदलीय बैठकमा एमसीसी र संसदको गतिरोध अन्त्यका लागि छलफल हुने छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुने छन् ।
यता नेकपा एमालेले सर्वदलीय बैठकमा नेकपा एस सहभागि हुने भएकाले आफूहरुको उपस्थिति नहुने स्पष्ट पारिसकेको छ । नेकपा एमालेका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैली ठीक नभएको बताउँदै आएका छन् । नेकपा एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिँदै सभामुख सापकोटाको समेत राजीनामा माग गर्दै आएका छन् ।
प्रतिक्रिया