इराकको बग्दादको ग्रिन जोनलाई लक्षित गरी रकेट आक्रमण
नेपालखोज
२०७८ पुष ४ गते १२:१६

बग्दाद । मध्य बग्दादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ ।
एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C-RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्याोएको एजेन्सीले जनाएको छ ।
आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया