आइतबार, जेठ ५, २०८२

अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना, ४ जनाको मृत्यु

नेपालखोज २०७८ पुष ४ गते १२:४८

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ ।

विमान मङ्ग्रोभ पछाडि हराएको थियो । चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो । क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् ।

विमानको गोताखोरहरू पठाइएको छ । घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया