मंगलबार, वैशाख १६, २०८२

अल्का अस्पतालकाे बाथरोगसम्बन्धी शिविर सञ्चालन

नेपालखोज २०७८ पुष ४ गते १३:२३

काठमाडौं । अल्का अस्पतालले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा आजदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि निःशुल्क गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए । उनले आजबाट सुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामिण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए ।

बाथरोग विशेषज्ञ डा.जीवन पौडेलले बाथरोगसम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताए । उनले हाडजोर्नी, नशा सुन्निने, दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भसमेत तुहिने समस्या भएकालगायत बाथरोगसँग सम्बन्धित समस्या भएकाहरुको उपचार गरिने बताए ।

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ ।

प्रतिक्रिया