बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा

चितवन । माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन् ।
बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताएका छन् । उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताएका छन् ।
संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको जनाएका छन् । अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उनले जनाएका छन् । सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले जनाए ।
प्रतिक्रिया