शनिबार, जेठ ५, २०८१

‘कर्भड हलका लागि जग्गा उपलब्ध गराउँछु’

नेपालखोज २०७८ पुष ४ गते १६:३३

काठमाडौं । राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भडहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको विदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय खेलकुद परिषदको परिसरमा रहेको पुरानो पौडी पोखरीको स्थानलाई कर्भड हल निर्माण गर्न पहल गर्ने जनाएका हुन् ।

२०७२ सालको भुकम्पका कारण भत्काएको पौडी पोखरी र त्यसैको आँडमा रहेको लन टेनिसको जग्गा अहिले प्रयोग विहिन छ । जसमा नेपाल भलिबल संघलाई दिन पहल गर्ने मन्त्री गहतराजले प्रतिवद्धता जनाएका हुन् ।

विदाई कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले राष्ट्रिय खेल भए पनि सरकारबाट सहयोग नभएको, संघ सञ्चालन गर्न पनि धौःधौ भएको भन्दै मन्त्री सामु गुनासो पोखेका थिए ।

प्रतिक्रिया