नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत पछिल्लो चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २८९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुने दर ९८ प्रतिशत पुगेको हो । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ८ हजार ८९२ हजार पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जना गरि कुल १८१ मा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।
त्यस्तै, गत पछिल्लो चौबीस घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५७३ पुगेको छ ।

प्रतिक्रिया