बालुवाटारमा सर्वदलीय बैठक, एमाले सहभागी भएन

नेपालखोज २०७८ पुष ४ गते १६:४५

काठमाडौ । पाँच दल सहभागी सत्तारुढ दलको बैठक सकिने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा जारी बैठकमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका नेताहरू भने सहभागी छैनन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएकाले उक्त बैठकमा एमाले सहभागी नहुने बताए ।

सर्वदलीय बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी भएका छन् । सर्वदलीय वैठकअघि आजै संसदमा सत्ता गठबन्धन दलहरूको वैठक बसेको थियो । सत्ता गठबन्धनको बैठकले सर्वदलीय वैठकमा प्रस्तुत हुने विषयमा छलफल गरेको बुझिएको छ ।

No description available.

प्रतिक्रिया