शुक्रबार, वैशाख २१, २०८१

२०२२ मा साढेसात तथा अढैय्या शनिबाट प्रभावित हुने राशिहरु ?

नेपालखोज २०७८ पुष ५ गते ६:२९

शनिको दशा भन्नेबित्तिकै कतिपयक‍ मनमा ढ्याङ्ग्रो ठोक्किन थाल्छ । यसले धेरैको मनमा डर सिर्जना गरेक‍ो पाइन्छ । यद्यपि ज्योतिषशास्त्रअनुसार, जसरी कुण्डलीमा शनिको स्थिति खराब हुँदा व्यक्ति राजाबाट रंकमा परिणत हुन्छ त्यसैगरी यदि कुण्डलीमा शनिदेवको स्थिति राम्रो छ भने व्यक्ति रंकबाट राजासम्म बन्न बेर लाग्दैन । शनिको चालसँगै राशिको जीवनमा पनि परिवर्तन आउँछ । २०२१ मा साढेसात शनि तथा अढैय्या शनिक‍ प्रभावमा ५ वटा राशि थिए जसले उनीहरुको जीवनमा उथल-पुथलसमेत ल्यायो । आउने वर्ष २०२२ मा शनिको प्रभाव कुन-कुन राशिमा कसरि पर्नेछ त ?

यी राशिले पाउनेछन् राहत
२०२१ मा शनि ग्रहले ५ वटा राशिक‍ो जीवनमा प्रभाव पारेको थिय‍ो । आगामी वर्ष २०२२ मा शनि आफ्नो स्वराशि मकरमा रहनेछन् जसका कारण धनु, मकर तथा कुम्भ राशिमा साढेसात शनिको दशा चलिरहेको छ । यता मिथुन र तुलामा अढैय्या शनि चलिरहेको छ । आउने वर्ष २०२२ मा धनु राशि हुनेहरु साढेसात शनिक‍ो दशाबाट मुक्त हुनेछन् भने मिथुन तथा तुला राशि हुनेहरुले अढैय्या शनिबाट राहत पाउनेछन् ।

शनिको राशि परिवर्तन
शनि २९ अप्रिल २०२२ मा मकर राशिबाट निस्किएर कुम्भ राशिमा प्रवेश गर्नेछन् । शनिको यो राशि परिवर्तनपछि मीन, कुम्भ तथा मकर राशिमा साढेसात शनि अनि कर्कट र वृश्चिक राशिमा अढैय्या शनिक‍ो दशा चल्नेछ । अर्थात् २०२२ मा पनि मकर र कुम्भ राशि हुनेहरुमा साढेसात शनि कायमै रहनेछ । यसमा पनि मकर राशि हुनेहरुमा साढे सात शनिक‍ो आखिरी चरण सुरु हुनेछ भने कुम्भ राशि हुनेहरुमा साढे सात शनिक‍ो दोस्रो चरण प्रारम्भ हुनेछ ।

१७ जनवरी २०२३ देखि तुला र मिथुन राशि हुनेहरुमा अढैय्या शनिको प्रभाव समाप्त हुनेछ । तुला राशिमा अढैय्या शनि लागेको २४ जनवरी २०२० देखि हो । धनु राशि हुनेहरुले २०२२ को अप्रिलदेखि साढेसात शनिबाट राहत पाउनेछन् । यद्यपि १२ जुलाई २०२२ देखि शनि वक्री भएर फेरि मकर राशिमा प्रवेश गर्नेछन् । त्यसपछि १७ जनवरी २०२३ मा धनु राशि हुनेहरुले साढेसात शनिबाट तथा मिथुन राशि हुनेहरुले अढैय्या शनिबाट मुक्ति पाउनेछन् ।

शनिलाई मजबुत गर्ने उपाय : शनि देवलाई प्रशन्न राख्न शनिबार तोरीको तेल, कालो दाल, फलाम, तिल, कालो रङको कपडा इत्यादि दान गर्न सकिन्छ । शनिबार नियमित रुपमा शनि मन्दिर जानुहोला । त्यहाँ शनि देवको प्रतिमामा तोरिको तेल चढाउन सकिन्छ । शनिको प्रकोपबाट जोगिन हनुमानजीको पूजासमेत गर्न सकिन्छ । हनुमान चालीसा वा रामायणको सुन्दरकाण्डको पाठ गर्दा शनिको दशामा राहत पाइन्छ ।
(यहाँ प्रस्तुत सुचना सामान्य मान्यता तथा जानकारिहरुमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया