मंगलबार, वैशाख ११, २०८१

सराङकोटमा ६ करोडको मन्दिर निर्माण गरिदै

नेपालखोज २०७९ मंसिर १५ गते ११:१५

काठमाडौं । पोखराको पर्यटकीयस्थल सराङकोटमा ६ करोड रुपैयाँको लागतमा शिव मन्दिर तथा पञ्चमुखी गणेश मूर्ति स्थापना गरिदैछ । पोखरा-१८, सेतदिबगरदेखि सराङकोट जोड्ने गरी निर्माण गरिएको अन्नपूर्ण केबलकारको समन्वयमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले उक्त मन्दिर निर्माण गर्न लागेको हो ।

आगामि ६ महिनाभित्र यो मन्दिरको निर्माण सम्पन्न गरिने लक्ष छ । सराङकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण हुने यो मन्दिरमा स्थापना गरिने मूर्ति ३० फिट अग्लो हुनेछ भने मूर्तिक‍ो निर्माण भारतमा गरिने बताइएक‍ो छ । सराङकोटमा विशाल शिव मन्दिर, भ्यु टावर तथा बहुउद्देश्यीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया