किप्टोकरेन्सीको वर्ष !

काठमाडौं । वर्ष २०२१ क्रिप्टोकरेन्सीको वर्ष रह्यो भन्दा अत्युक्ति हुँदैन । यो वर्ष खुद्रा निवेशकहरुले समेत क्रिप्टोमा अत्यधिक रुचि देखाए । एक तथ्यांकअनुसार गुगलमा ‘सेयरमा कसरी लगानी गर्ने’ को तुलनामा ‘बिटक्वाइन कसरी खरिद गर्ने’ भन्ने कुरा बढी सर्च गरियो । अर्को रोचक कुरा के भने क्रिप्टोकरेन्सीको बजारमा महिलाहरुको सहभागिता पनि उल्लेखनीय रहयो ।
बिटक्वाइनको खरिदमा महिलाहरु पुरुषको तुलनामा अगाडि रहे भने Shiba Inu पुरुषहरुको रुचिमा पर्यो । Wazirx का अनुसार उसको प्लेटफर्ममा महिला प्रयोगकर्ताको संख्यामा एक हजार प्रतिशतभन्दा बढी तथा पुरुष प्रयोगकर्ताको संख्यामा ८२९ प्रतिशतको वृद्धि दर्ता भयो । Wazirx भारतको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्जर हो ।
Wazirx कै तथ्यांकअनुसार यो प्लेटफर्ममा बितेको ६ महिनामा ४८ प्रतिशत नयाँ ग्राहक जोडिएका छन् । यो प्लेटफर्ममा बिटक्वाइनका साथ Shiba Inu, Doge Coin, Wazirx Token तथा Matic ले सर्वाधिक कारोबार गरे । यसमध्ये करिब ८० प्रतिशतले क्रिप्टो कारोबारबाट मुनाफा कमाए ।
भारतको क्रिप्टो एक्सचेन्जर Wazirx ले २०२१ मा ४३ बिलियन डलर बराबरको कारोबार गरेको बताइन्छ जुन २०२० को तुलनामा करिब १,७३५ प्रतिशत बढी हो । Wazirx को तथ्यांकअनुसार क्रिप्टो कारोबारका लागि यो प्लेटफर्म प्रयोग गर्नेहरुको संख्या १० मिलियन पुगिसकेको छ ।

प्रतिक्रिया