सोमबार, जेठ ७, २०८१

४ वटा प्रदेशमा आंशिक बदली, चिसोबाट बच्न विभागकाे अनुराेध

नेपालखोज २०७८ पुष ५ गते ६:२०

काठमाडाैं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ भने आज राति देशभरी आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया