शनिबार, वैशाख २२, २०८१

राष्ट्र बैंकले पुनः १७ अर्ब ५३ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्‍यो

नेपालखोज २०७८ पुष ५ गते १५:२६

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुुनः १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार पुरानो नविकरण अन्तर्गत आज (सोमबार) अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरेको हो ।

मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ चैत ८ गते, २०७९ असार ७ गते र २०७९ पुस ५ गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही मंसिर २७ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया