सोमबार, वैशाख १७, २०८१

कसरी थाहा पाउने शरीरमा आइरनको कमी ?

नेपालखोज २०८० साउन ३ गते १०:१९

के तपाई प्रायः थकित र सास फेर्न गाह्रो महसुस गर्नुहुन्छ रु वा तपाइँका साथीभाईहरूले तपाइँलाई तपाइँको छाला सुकेको देखिन्छ भनेर बताएका छन् । यदि त्यसो हो भने तपाइँको रगतमा फलाम (आइरन)को कमी हुन सक्छ, जुन संसारमा सबैभन्दा सामान्य पोषण समस्याहरू मध्ये एक हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिस एनिमियाबाट पीडित छन् ।

यो एक अवस्था हो जसमा शरीरको रातो रक्त कोशिकामा खनिजको कमी हुन्छ । यसको परिणामस्वरूप कोशिकाहरूमा कम मात्रामा अक्सिजन पुग्छ । यद्यपि यस्तो अवस्था आफैं निदान र उपचार गर्नु हुँदैन किनभने त्यस्ता लक्षण अन्य समस्याको संकेत पनि हुन सक्छ भने आइरनको कमि भयो भनेर आफै उपचार गर्दा अधिक आइरनले कलेजोलाई क्षति पुर्‍याउन सक्छ।

कहिले डाक्टर कहाँ जाने ?

– अत्यधिक थकान र ऊर्जाको कमी
– सास फेर्न गाह्रो भएमा
– मुटुको धडकन बढ्दा
– छाला पहेँलो भए ।

ब्रिटिश नेसनल हेल्थ सर्भिस तथा मेयो क्लिनिकका अनुसार यी एनिमियाका सबैभन्दा सामान्य लक्षण हुन् । यसका अन्य लक्षण पनि छन् ।

- टाउको दुख्ने तथा चक्कर लाग्ने
- जिब्रो सुन्निने वा दुख्ने
– अत्यधिक कपाल झर्ने
– कागज जस्ता गैर(खाद्य वस्तुहरू खाने इच्छा हुनु ।
– मुखमा घाउ
– नङ बिग्रनु
- बारम्बार खुट्टा हल्लाउने बानी ।

एनीमियाको कारण ?

कुनै पनि व्यक्तिमा एनिमिया हुनुका धेरै कारण हुन सक्छन्। यसको मुख्य कारण भनेको खानामा आइरनको कमी हुनु हो किनभने हाम्रो शरीरले यो खनिज आफैं उत्पादन गर्न सक्दैन । यदि आफ्नो शरीरमा आइरनको कमी नहोस् भन्ने चाहने हो भने र आइरन युक्त चिजहरू खाएर त्यो कमी पूर्ति गर्ने हो भने के बुझ्नुपर्छ भने हाम्रो शरीरले सबै प्रकारको आइरन सोस्न सक्दैन।

आइरन हेम र नन-हेम दुई प्रकारको हुन्छ। हेम आइरन रातो मासु, कलेजो, अण्डा तथा माछामा पाइन्छ जुन सजिलै पचाउन सकिन्छ । यससँगै गाढा हरियो पात भएको तरकारी जस्तै पालक र दालमा पनि आइरन पाइन्छ तर यो नन हेम प्रकारको आइरन हो ।

यसको अर्थ तरकारीबाट प्राप्त हुने धेरै फलाम पचाउन सकिदैन । यसका साथसाथै रोटी वा ब्रेकफास्टमा खाइने ओट्स जस्ता खनिज तत्वहरूमा पाइने आइरन पनि पचाउन नसकिने खालको हुन्छ ।

प्रतिक्रिया