चौबीस घण्टामा २२० संक्रमित थपिए, २६३ जना डिस्चार्ज

नेपालखोज २०७८ पुष ५ गते १६:१६

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २६३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणबाट २१८ र १ हजार ४१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ जना गरी जम्मा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेकाे छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख ९१ हजार १५५ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ९४ र आइसोलेसनमा ५ हजार २२५ जना रहेका छन् । नेपालमा हालसम्म ८ लाख २५ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया