आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न दिन ८ राजनीतिक दलको आग्रह

नेपालखोज २०७८ पुष ५ गते १६:४१

काठमाडौं । आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन आज ८ राजनीतिक दलहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ध्यानाकर्षण गराएका छन् । दलहरूले स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक अन्य दलले पनि चुनाव चिह्न पाउने व्यवस्था गर्न विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाल विवेकशील पाटीकी उपाध्यक्ष, अजीता राईस उन्नत लोकतन्त्र पार्टी, एडिपिका अध्यक्ष स्वागत नेपाल, मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष बलराम प्रजापति, जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहस, जनजागरण पार्टी नेपालका उपमहासचिव तथा प्रवक्ता विदुर अधिकारी, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सचेत नेपाली पार्टीका प्रवक्ता ओमप्रकाश खरेल, नेपाली कांग्रेस (वीपी) का महामन्त्री देवेन्द्र प्रकाश पौडेल छन् ।

ज्ञापनपत्रमा राजनीतिक दलहरूलाई आफ्नो जनमत परीक्षण गर्न समान अवसर प्रदान गर्नुपर्नेमा त्यसो नगरी विभेदकारी व्यवस्था कायम राख्दा लोकतान्त्रिक व्यवस्थाको जग मानिने स्थानीय तहमा लोकतान्त्रिक अभ्यासका लागि पर्याप्त ठाउँ उपलब्ध नहुने देखिएको उल्लेख छ ।
ज्ञापनपत्र बुझेपछि प्रमुख आयुक्त थपलियाले आयोगले विद्यमान कानुन कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेको अवस्थामा राष्ट्रिय मान्यता प्राप्त दलहरू बाहेक अन्यलाई निर्वाचन चिह्न प्रदान गर्न नसकिने बताए ।

केही महिनाबाट देशमा सुरु हुने आम निर्वाचनका सन्दर्भमा आज नै आफूले गृहमन्त्रीसँग भेट गरी निर्वाचन सम्बन्धी विभिन्न ऐनहरूमा आयोगले संसोधन होस् भन्ने चाहेको बताएको जानकारी गराए ।उल्लेखित ऐनहरूमा आयोगले चाहेका संसोधनको मस्यौदा नेपाल सरकारलाई सिफारिस गर्दा प्रायः सबै दलले स्थानीय निर्वाचनमा आफ्नो चिह्न लिन नपाउने व्यवस्था हटाउन सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ।

प्रतिक्रिया