‘वर्तमान गठबन्धन सरकारले संविधानको रक्षा गरेकाे छ’

नेपालखोज २०७८ पुष ५ गते १७:४१

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताएका छन् ।

सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन् ।

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनले बताए । वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उनले बताए ।

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताए । संविधानलाई समयानुकुल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्व गर्नु नहुने उनको भनाइ छ ।

उनले देशलाई समृद्ध बनाउनको निम्ति सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया