आइतबार, जेठ ६, २०८१

ट्विटरमा सबैभन्दा हिट

नेपालखोज २०७८ पुष ५ गते १९:५५

कोरोना महामारीका बीच हामी सबैले धेरै समय सोसल मिडियामा बितायौं । यसक्रममा कैंयन पल यादगार पनि भए । ट्विटरको वार्षिक तथ्याङ्कले पनि यस्तै सम्झनलायक पलहरु तर्फ इसारा गरेको छ । संसारभरका ट्विटर उपयोगकर्ताहरू लाइक र रीट्वीटका साथ ती कुरालाई फैलाउँछन् जसलाई उनीहरू महत्वपूर्ण मान्छन् । आउनुहोस् हामी पनि हेरौं ती अहम ट्वीट जसलाई २०२१ मा निकै मन पराइयो ।

सबैभन्दा मनपराइएको ट्वीट
ट्विटरको आधिकारिक ब्लगअनुसार २०२१ मा यो माइक्रो-ब्लगिङ प्लेटफर्ममा सबैभन्दा मनपराइएको ट्वीट जो बाइडेनको हो जुन २० जनवरी २०२१ मा सार्वजनिक भएको थियो । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ लिए पछि बाइडेनले लेखेका थिए , “यो अमेरिकामा एउटा नयाँ दिन हो ।” यसले अहिलेसम्म ४ करोडभन्दा बढी ‘लाइक’ पाइसकेको छ ।
It’s a new day in America.

दोस्रो हिट ट्वीट
२०२१ को दोस्रो सर्वाधिक मनपराइएको ट्वीट ट्विटरको आधिकारिक अकाउन्टबाटै आएको हो । ४ अक्टोबरमा गरिएको यो पोस्टलाइ अहिलेसम्म ३३ लाख लाइक प्राप्त भइसकेको छ ।
hello literally everyone

दक्षिण कोरियाली गायकको ट्वीट
२०२१ मा सबैभन्दा मनपराइएको ट्वीटमा दक्षिण कोरियाका गायक तथा गीतकार जुँगकुकको ट्वीट पनि छ । लोकप्रिय के-पप समूह बीटीएसका सदस्य गायक जुँगकुकले एउटा सेल्फी पोस्ट गरेका थिए । २५ जनवरीमा गरिएको यो पोस्टमा ३.२ मिलियन लाइक आएको छ ।

방탄소년단 (@BTS_twt)

बाराक ओबामाको ट्वीट
वर्ष २०२१ मा सर्वाधिक रुचाइएको ट्वीटको चौथो स्थानमा जो बाइडेनसँग सम्बन्धित ट्वीट छ जुन पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेका थिए । ट्वीटमा ओबामाले लेखेका थिए “मेरा मित्र, राष्ट्रपति जो बाइडेनलाई बधाई ! यो तपाईंको समय हो ।” २० जनवरीमा सार्वजनिक यो ट्वीटमा २.७ मिलियनभन्दा बढी लाइक्स आएको छ ।

Congratulations to my friend, President

कमला ह्यारिस
सबैभन्दा बढी मनपराइएको पाचौं ट्वीट पनि अमेरिकी राष्ट्रपति चुनावसँगै सम्बन्धित छ । यो ट्वीट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको हो र त्यसमा उनले लेखेकी थिइन् , “सेवाका लागि तयार ।” २० जनवरी २०२१ मा गरिएको यो ट्वीटलाई २.२ मिलियनभन्दा बढी लाइक प्राप्त भएको छ ।
Ready to serve.

सबैभन्दा बढी रिट्वीट
ट्विटरको तथ्याङ्कअनुसार २०२१मा सबैभन्दा बढी रिट्वीट भएको ट्वीट बीटीएसको हो जसमा नस्लवादलाई समाप्त गर्न आह्वान गरिएको थियो । ट्वीटमा #StopAsianHate र #StopAAPIHate ह्यासट्यागका साथ ३० मार्चमा सार्वजनिक यो पोस्ट १ मिलियनभन्दा बढी रीट्वीट भएको छ ।

प्रतिक्रिया