एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको नेता पाण्डेकाे आरोप

नेपालखोज २०७८ पुष ५ गते १९:२३

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् । उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनीसमेत दिए ।

सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीमाझ उनले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउने सक्ने तर्क गरेका हुन् । उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल भित्रै गम्भिर असहमति रहेको दाबी पनि गरे ।

उपाध्यक्ष पाण्डेले मुलुक अब निर्वाचनतर्फ जानुको विकल्प नरहेको पनि बताए । मुलुक संकटको बीचमा उभिएको र त्यसको समाधान निर्वाचनबाटै हुने भएकाले अब मुलुक निर्वाचनमा जाने उाको दाबी थियो ।

उपाध्यक्ष पाण्डेले राजनीतिक कोर्सलाई सही बाटोमा अघि बढाउन पनि मुलुकमा निर्वाचन एक मात्रै लोकतान्त्रिक विधि भएको बताए । उनले भने, ‘मुलुक संकटबाट गुज्रिरहेको छ । यो संकटले के संकेत गर्छ भने यसको समाधान लोकतान्त्रिक ढंगले खोज्नु भनेको हामी संकटको चरणमा छौं भन्ने त्यसले संकेत गर्छ । यसको के हो समाधान भन्दाखेरी निर्वाचन भन्दाअरु म केही पनि देख्दिन । मात्रै यसको समाधान निर्वाचनमा दिन सक्छ । र जटिल बन्दै गएको पोलिटिकल कोर्स पनि सामान्य अवस्थामा फर्किन सक्छ ।’

उपाध्यक्ष पाण्डेले मुलुक आर्थिक संकट उन्मुख रहेको पनि दोहोर्‍याए ।

प्रतिक्रिया