‘राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा पौष ५ गते आयोजित एक समारोहको बीच सो तालिमको समापन गरेका हुन् ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्दे आगामी दिनहरुमा यस किसिमको तालिमलाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउदै लैजाने बताए ।
उनले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तिका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी सक्षम रुपमा ईमान्दारीतापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
उनले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गरी आफुभन्दा पछिल्लो पिडीलाई समेत सिकाउँदै निःस्वार्थ भएर जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिए ।

प्रतिक्रिया