विलासिताका वस्तुको आयातमा कडाइ गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ पुष ५ गते २१:२२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ । सोमबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एसी खोल्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिकजस्ता वस्तुहरूको आयातमा १०० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खाेल्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी विद्युतीयबाहेक अन्य  सवारी साधन आयात गर्न एलसी खाेल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने  व्यवस्था गरिएको छ ।

No description available.

प्रतिक्रिया