आइतबार, जेठ ५, २०८२

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै संक्रमित

नेपालखोज २०७८ पुष ५ गते २१:५९

लण्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।

योसँगै बेलायतमा ओमिक्रोनबाट कुल संक्रमितहरुको संख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कोरोना भाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरुको संख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।

यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक धेरै भएको छ । बेलायतमा एकैदिनमा अहिलेसम्म सवैभन्दा धेरै ९३ हजार ४५ जना संक्रमित भएका थिए ।

त्यसपछि भने घट्दै गएको छ । संक्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्यांक । रासस/सिन्ह्वा

प्रतिक्रिया