आइतबार, जेठ ५, २०८२

बेलायतमा ओमिक्रोन संक्रमण बढ्दो, मृत्यु हुनेको संख्या १२ पुग्यो

नेपालखोज २०७८ पुष ६ गते १०:०५

लन्डन । पछिल्लो समय बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण बढ्दै गएको छ । ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म १२ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक धेरै बढ्दै गएकाे छ ।

बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना संक्रमित थपिएका छन् । तीव्र रूपमा संक्रमण फैलिएकाले मृत्युको संख्या पनि बढ्दै गएको बेलायत सरकारले जनाएको छ ।

बेलायतमा ठूलो संख्यामा मानिसलाई दैनिक संक्रमण हुने क्रम बढेको छ । समय–समयमा संक्रमण विज्ञहरूले ओमिक्रोन बढ्ने खतरा विश्वमै रहेको बताउँदै आएका छन् ।

नोभेम्बर महिनाको अन्तिममा सर्वप्रथम दक्षिण अफ्रिकामा ओमिक्रोन देखिएको थियो । आजभोलि विश्वका धेरै देशहरूमा फैलिसकेको छ ।
बेलायतमा कोरोना भाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरुको संख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।

प्रतिक्रिया