प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
नेपालखोज
२०७८ पुष ६ गते १२:४४

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक केहि समयअघि सुरु भएको हो ।
आज १ बजेबाट बैठक बस्नुअघि समितिको बैठक संसद् भवनको एक हलमा बसिरहेको हो । समितिको बैठकमा संसद्को कार्यसूची लगायतका विषयमा छलफल हुने छ ।
समितिमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता हुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया