मंगलबार, वैशाख १६, २०८२

सिभिल बैंकले ५ दशमलव २६ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ पुष ६ गते १२:५८

काठमाडौं । सिभिल बैंकले पाँच दशमलव २६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको तीन सय ६७ औं बैठकले गत आर्थिक वर्षको मुनाफा मध्येबाट बैंकको हाल कायम रहेको चुक्ता पुँजी आठ अर्ब ६४ करोड २६ लाख ६० हजार आठ सय ४७ रुपैैयाँ मध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांश मध्येमा पाँच प्रतिशत अर्थात ४३ करोड २१ लाख ८३ हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिसत अर्थात दुई करोड २७ लाख ४६ हजार चार सय ७५ रुपैयाँ बरारबको नगद लाभांस रहेको छ ।

लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया