सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

नेपालखोज २०७८ पुष ६ गते १४:३९

काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ ।

आज एक अपिल जारी गर्दै सार्क ल नेपालले न्यायपालिकाको स्वतन्त्र र स्वच्छ छविलाई बचाउन जबराले राजीनामा दिनुपर्ने बताएको छ । अपिलमा न्यायपालिकाको सुधारका लागि जबरा नै बाधक बनेको समेत उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिएर सर्वोच्च अदालतबाट बाहिरिन सार्क ल नेपालले अपिल गरेको हो । सार्क ल नेपालले प्रधानन्यायाधीशको बहिर्गमनका निम्ति संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालालाई आग्रह समेत गरेको छ ।

अपिलमा उल्लेख छ,–‘प्रधानन्यायाधीशको तत्काल वहिर्गमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतन्त्रता, स्वच्छ, निश्पक्षताका लागि उचित देखिन्छ ।’

प्रतिक्रिया