नेप्से ५६ अंकले बढ्दा दुई अर्ब ३८ करोडको सेयर किनबेच, सबै सूचक हरियो

नेपालखोज २०७८ पुष ६ गते १६:२६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज भने ५६ दशमलव ७३ अंकले बढेर २४ सय १५ दशमलव ५६ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ३४ अंकले बढेर चार सय ६२ दशमलव ५२ अंकमा पुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको ३४ हजार दुई सय १६ पटकको कारोबारमा ४९ लाख ७४ हजार दुई सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम दुुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैक समूहको सूचक ३२ दशमलव ९१ अंकले बढेर १६ सय ७५ दशमलव ५६ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि ९४ दशमलव५१ अंकले बढेर २६ सय ९७ दशमलवपाँच अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि दुई सय चार दशमलव ३४ अंकले बढेर १० हजार दुई सय ३२ दशमलव ४३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय छ दशमलव ५८ अंकले बढेर १२ हजार छ सय १० दशमलव ३२ अंकमा चढेको छ ।

यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् । नेप्सेमा आज ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ४१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव ८९ प्रतिशतले घटेर नौ सय २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालीको भने प्रतिकित्ता छ हजार चार सय रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ५८ लाख ६९ हजार चार सय २० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया