चौबीस घण्टामा थप २९० जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जना गरि कुल २९० जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेका छन् । हाल निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५७७ पुगेको छ ।

प्रतिक्रिया